कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४४

दैलेखको गुराँस गाउँपालिकामा करारका कर्मचारी र प्रहरीबीच झडप

ज्योति कटुवाल

दैलेख — दैलेखको गुराँस गाउँपालिकामा हवाई फायर भएको छ । करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गाउँपालिकाले गरेपछि आन्दोलित भएका करार कर्मचारी र प्रहरीबीच झडप भएको हो ।

दैलेखको गुराँस गाउँपालिकामा करारका कर्मचारी र प्रहरीबीच झडप

झडपमा ७ जना घाइते भएको प्रहरी प्रमुख भुवनेश्ववर शाहले जानकारी दिए । घाइते हुनेमा पाँच जना प्रहरी रहेका छन् भने अन्य दुई जना आन्दोलनकारीहरु रहेका छन् ।

आन्दोलनले उग्ररुप लिन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको प्रहरीको भनाइ छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएपछि उपचारका लागि सुर्खेत ल्याइएको छ ।

प्रकाशित : असार ३१, २०७९ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×