कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वनगरप्रमुख बुढाथोकीद्वारा पत्रकार महासंघ सल्यानलाई २ लाख ८० हजार सहयोग

विप्लव महर्जन

सल्यान — जिल्लाको बाग्चौर नगरपालिकाका पूर्वनगर प्रमुख लोकमान बुढाथोकीले नेपाल पत्रकार महासंघ सल्यानलाई २ लाख ८० हजार ८ सय ४५ रुपैयाँ सहयोग गरेका छन् । 

पूर्वनगरप्रमुख बुढाथोकीद्वारा पत्रकार महासंघ सल्यानलाई २ लाख ८० हजार सहयोग

आफू नगर प्रमुख भएका बेलामा सरकारले उपलब्ध गराएको तलब सुविधाबाट पत्रकार महासंघ शाखा सल्यानलाई रकम सहयोग गरेका हुन् । उनले शुक्रबार बाग्चौर नगरपालिकामा एक कार्यक्रम गरेर पत्रकार महासंघ शाखा सल्यानलाई २ लाख ८० हजार ८ सय ४५ रुपैयाँको चेक पत्रकार महासंघ शाखा सल्यानका अध्यक्ष नविन पौडेललाई हस्तान्तरण गरेका थिए । पूर्वनगरप्रमुख बुढाथोकीले सहयोग गरेको रकम पत्रकार महासंघले कार्यविधिअनुसार प्रयोग गर्ने सम्झौता समेत गरेको छ ।

पत्रकार समाजको ऐना भएकाले उनीहरुको हकहितका लागि सहयोग पुगोस् भनेर रकम सहयोग गरेको पूर्व नगरप्रमुख बुढाथोकीले बताएका छन् । उनले आफूले गरेको सहयोगले जिल्लाको पत्रकारितामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पूर्वनगरप्रमुख बुढाथोकीले सहयोग गरेको रकम पत्रकार राहत तथा अक्षयकोषमा राखेर त्यसबाट प्राप्त हुने ब्याजले प्रत्येक वर्ष उत्कृष्ट हुने एक जना पत्रकारलाई पुरस्कृत गरिने अध्यक्ष नविन पौडेलले बताए ।

प्रकाशित : असार २४, २०७९ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?