कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यानमा १४ वर्षीया बालिका बलात्कृत, दुई जना पक्राउ

विप्लव महर्जन

सल्यान — सल्यानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । कुमाख गाउँपालिका १ शान्तिबजार घर भएकी बालिका बिहीबार राति दुई पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक विक्रम कुँवरका अनुसार ठूलीआमाका घर गएकी उनलाई एक्लै भएको मौका छोपी बलात्कार गरी सोही राती नै दुई पुरुष फरार भएका थिए ।

बालिका बलात्कार गर्ने दुई पुरुष जाजरकोट जिल्लाको भेरी नगरपालिका १२ नलगाडका २३ वर्षीय रमेश भण्डारी र २१ वर्षीय डिल्ली बस्नेत रहेको पीडितका आफन्तले दिएको उजुरीअनुसार खुलेको र जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहकार्यमा निजकै घरबाट पक्राउ गरिएको प्रनि कुँवरले जानकारी गराए ।

बालिकाको अस्पतालमा उपचार भइरहेको छ । पक्राउमा परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सल्यान ल्याउन थालिएको र जिल्ला प्रहरी कार्यालय सल्यानको टोली उक्त क्षेत्रमा गइसकेको उनको भनाइ छ ।

प्रकाशित : असार २४, २०७९ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?