सुक्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
वीरेन्द्रनगर — सुर्खेतको पञ्चपुरी नगरपालिकामा सुक्खा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेको समयमा पहिरोले पुरिएकी अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले पहिरोमा पुरिएककी उनको मृत्यु भएको पुष्टि गरेका हुन् । उद्धारका लागि नेपाली सेना पश्चिम बेसक्यामको हेलिकप्टर मुगुको राराबाट घटनास्थलतर्फ पुगेको थियो ।
पहिरोमा परी घाइते भएकी सोही ठाउँकी ७२ वर्षीया रती कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । घाइते रती कामीलाई उपचारको लागि प्रदेश अस्पताल कालागाउँमा लगिएको छ । जैसी र विक सुर्खेतको पश्चिमा पर्ने पञ्चपुरी नगरपालिका–७ डौरीखोलानजिक सुख्खा पहिरोमा परेका हुन् ।
प्रकाशित : असार २१, २०७९ १५:२२