कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहकारीको ३५ लाख लिएर फरार

सल्यान — दार्मा गाउँपालिका–४ रातामाटास्थित भल्चौर महिला साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक हेमन्त ओली सहकारीको ३५ लाख रुपैयाँ दुरुपयोग गरेर फरार भएका छन् । दुरुपयोग गरेको रकम फिर्ता गर्न सहकारीले ताकेता गरेपछि उनी फरार छन् ।

सहकारीको रकम दुरुपयोग गरेको हल्ला फैलिएपछि हिसाबकिताब सहकारी विभागबाट आएको विनोद पौडेलको टोलीले छानबिन गर्दा ३५ ओलीले लाख रुपैयाँ दुरुपयोग भएको खुलेको थियो ।

प्रबन्धक ओलीले किसानलाई ऋण लगानी गरेको नक्कली कागज बनाएर रकम दुरुपयोग गरेको सहकारीकी अध्यक्ष हरिकला मल्लले बताइन् । उनका अनुसार घटना बाहिरिएपछि प्रबन्धक ओली सम्पर्कविहीन भएका हुन् ।

प्रकाशित : असार १८, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?