कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्गाड कुपिण्डे नगरपालिकाद्वारा झन्डै ७० करोडको बजेट सार्वजनिक 

विप्लव महर्जन

सल्यान — शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाले आर्थिक वर्ष ०७९/८० को लागि ६९ करोड ९१ लाख बजेट सार्वजनिक गरेको छ । ११ औं नगरसभाबाट नगरपालिकाले बजेट सार्वजनिक गरेको हो । नगरपालिकाको बजेट नगरका उपप्रमुख पुरुषोत्तम आचार्यले सार्वजनिक गरे । उनले सार्वजनिक गरेको बजेट सर्वसम्मत रुपमा पास भएको छ । बिनियोजन गरेको बजेटमा पुँजीगत २५ करोड ४६ लाख रुपैयाँ अर्थात ३६.४ प्रतिशत र चालुगत ४४ करोड ४५ लाख अर्थात ६३.६ प्रतिशत रहेको छ । 

बन्गाड कुपिण्डे नगरपालिकाद्वारा झन्डै ७० करोडको बजेट सार्वजनिक 

नीति कार्यक्रम सार्वजनिक गरेका नगर प्रमुख कर्णबहादुर बुढाथोकीले नीति र कार्यक्रममा व्यवस्था भए अनुसार शिक्षा र स्वास्थ्यलाई मात्र नभई आर्थिक, सामाजिक, कृषि, पशुपालन, भौतिक, पुर्वाधार विकास, पर्यटन, वातावरण तथा विपद ब्यवस्थापन, संस्थागत विकास सुशासन समेतका विषयलाई समेटिएको बताएका छन् । उनले शिक्षा र स्वास्थ्यमा २ /२ करोड भन्दा बढी बजेट विनियोजन गरेको जानकारी गराए ।

उनले पहिलेको शिक्षा र स्वास्थ्य विधेयक संशोधन गरेको जानकारी गराए । ‘बन्गाड कुपिण्डे नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था एकदमै कमजोर छ । शिक्षकको अभावमा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएका छन् भने भौतिक संरचना पनि जिर्ण छन् । पर्याप्त शिक्षक पदपूर्ति गर्न र भौतिक संरचना निर्माण गरि सहज रुपमा पठनपाठन गराउन शिक्षामा बढी बजेट विनियोजन गरेका हौ’ उनले भने ‘स्वास्थ्यको अवस्था कमजोर भएकाले पालिका भित्रका स्थानीय सामान्य उपचार गर्न सुर्खेत, नेपालगन्ज जानुपर्ने बाध्यता छ । यसलाई अन्त्य गर्न र पालिकामा निर्माणाधीन १५ शैय्याको अस्पताललाई पूर्णता दिन स्वास्थ्यलाई पनि प्राथमिकता दिएका हौं’ ।

पालिकाभित्रका नागरिकलाई नागरिकतामा सहजता ल्याउन र आर्थिक अवस्था कमजोर भएका सर्वसाधारण नागरिकताबाट वञ्चित हुन नपरोस् भनी साउनदेखि नागरिकता सिफारिसमा लाग्ने शुल्क हटाएको र अन्यमा लाग्ने कर समेत घटाउने तयारी भैरहेको उनको भनाइ छ ।


प्रकाशित : असार १२, २०७९ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?