१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

हरि गौतम

रुकुम पश्चिम — जिल्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जाजरकोट भेरी नगरपालिकाको रिम्नाबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको राडीबजार आउँदै गरेको लु १ ज १८९७ नम्बरको जिप शनिबार बेलुकी साढे ७ बजे दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

आठबीसकोट नगरपालिका–११, को छोटेटारमा जिप दुर्घटना हुँदा जिप चालक बाँफिकोट गाउँपालिका–८ का अन्दाजी २६ वर्षका प्रकाश घर्ती र २४ वर्षीय कविराम विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए । विक अर्को गाडीको सहचालक रहेको बताइएको छ ।

दुवै जनालाई दुर्घटना स्थलबाट आठबीसकोट नगर अस्पतालमा पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएपछि चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको डिएसपी सोतीले बताए ।

जिप सडकदेखि झण्डै २ सय मिटर तल भेरी नदीको किनार पुगेको छ ।

प्रकाशित : असार ४, २०७९ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?