कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मुगु अस्पताल डेढ वर्षदेखि व्यवस्थापन समितिविहीन

राजबहादुर शाही

मुगु — जिल्लाको एक मात्र १५ शय्याको अस्पताल डेढ वर्षदेखि अस्पताल व्यवस्थापन समितिविहीन अवस्थामा छ । समितिको पदावधि सकिएको डेढ वर्षसम्म पदाधिकारी चयन नहुँदा अस्पताल प्रशासन सञ्चालन गर्न मुस्किल भएको छ । 

मुगु अस्पताल डेढ वर्षदेखि व्यवस्थापन समितिविहीन

कर्णाली प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयले समितिको अध्यक्ष सिफारिस गर्नुपर्ने नियम भएपनि डेढ वर्षसम्म मन्त्रालयले वास्ता नगर्दा जिल्ला अस्पातल व्यवस्थापन समितिविहीन बनेको हो । डेढ वर्षदेखि समितिको कार्यालयमा ताला लगाइएको छ ।

डेढ वर्षसम्म अस्पताल व्यवस्थापन समितिविहीन हुँदा कामकाज प्रभावित भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख उमेश गौतमले बताए । प्रदेश मन्त्रालयले पनि समिति गठनमा ध्यान नदिएको उनले जनाए ।

प्रकाशित : जेष्ठ २७, २०७९ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×