जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

हरिहरसिंह राठौर

जाजरकोट — जिल्लाको जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था समान्य रहेको जुनीचाँदे गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए ।

सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१च ०३४१ नम्बरकाे जीप वडा नं ५ को गर्खाकोट ( वेलपुइना) भन्ने स्थानमा दुर्घटनामा परेको हो । जीपमा ११ जना सवार रहेका थिए ।

घाइतेहरुको अवस्था गम्भीर रहेको हेलिकोप्टरको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई आग्रह गरिएको समेत प्रवक्ता नेपालीले बताए ।

यता प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले उद्धारका लागि गाडी पठाइसकिएको र आधा घण्टापछि हेलिकोप्टर समेत घटनास्थलमा पुग्ने बताए ।

प्रकाशित : जेष्ठ २७, २०७९ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?