कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

ज्योति कटुवाल

दैलेख — जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा नेपाली कांग्रेसका बागी उम्मेदवार नमराज शाही विजयी भएका छन् । कांग्रेसका जिल्ला उपसभापतिसमेत रहेका शाहीलाई नेकपा एमालेले निर्वाचनमा सघाएको थियो ।

जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

एमालेसँग दश मतमात्रै भए पनि शाहीले १३ मत ल्याएर विजयी भएका हुन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी दुर्गा श्रेष्ठले जम्मा नौ मत पाएकी छन् ।

यस्तै, उपप्रमुखमा एमालेका केशवबहादुर शाही ११ मत ल्याएर विजयी भएका छन् । उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत प्राप्त गरेकी छन् । अन्य सदस्यहरूमा भने मिश्रित नतिजा आएको मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछानेले बताए ।

प्रकाशित : जेष्ठ २६, २०७९ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×