कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

अटोरिक्साले बनायो आत्मनिर्भर

सल्यान — शारदा नगरपालिका–१० पैयाँखर्क बस्दै आएका पूर्णबहादुर पुनले अर्की श्रीमती विवाह गरी घर छाडेपछि उनकी जेठी श्रीमती मीना पुन सहाराविहीन भएकी थिइन् । कमाइ गर्ने श्रीमान् अर्की श्रीमती लिएर भागेपछि ३४ वर्षीया मीनालाई एक छोरा र दुई छोरीको लालनपालनमा कठिनाइ परेको थियो ।

मजदुरी गर्न खोज्दा सहज रूपमा उनले काम पाउन सकेकी थिइनन् । कक्षा ५ सम्म पढेकी उनले हार मानिनन् । उनलाई केही गरेर छोराछोरी जसरी पनि पाल्न सक्छु भन्ने दृढ विश्वास भयो । त्यही आत्मविश्वासले उनलाई अटोरिक्सा चलाउने बनायो । उनका लागि अटोरिक्सा आत्मनिर्भरको बाटो बनेको छ ।

अटो चलाएर उनले परिवार सजिलै पाल्दै आएकी छन् । अटो चलाएर अटोको मर्मत, तेल खर्च कटाएर उनले दैनिक २५ सयसम्म कमाउने गरेकी छन् । अटो चलाएर कमाएको रकमबाट उनले आफ्ना सन्तानलाई पढाउन थालेकी छन् ।

वैदेशिक रोजगारीमा जाने बहानामा श्रीमान्‌ले स्थानीय साहुसँग लिएको चार लाख रुपैयाँ ऋणसमेत उनले अटो चलाएर कमाएको पैसाले तिरिसकेकी छन् ।

इच्छाशक्ति भएपछि केही गरेर आफ्नो र परिवारको लालनपालन गर्न सकिन्छ भन्ने उनको दृढता छ । ‘सधैं श्रीमान्को मात्रै भर पर्नु पर्दैन भन्ने आफैंबाट सिके,’ उनले भनिन्, ‘घरको कामदेखि बाहिरको सबै काम आफैंले गर्नुपर्छ । बच्चाबच्चीको लालनपालनका लागि पनि नगरी नहुने बाध्यता छ ।’

प्रकाशित : जेष्ठ २४, २०७९ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×