कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुकुम पश्चिमको जिसस निर्वाचन जेठ ३१ मा

हरि गौतम

रुकुम पश्चिम — जिल्ला समन्वय समितिको निर्वाचन जेठ ३१ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको सम्पूर्ण कार्यतालिका सहितको सूचना आइतबार जारी गरी ३१ गते मतदान हुने जानकारी गराएको छ ।

रुकुम पश्चिमको जिसस निर्वाचन जेठ ३१ मा

जिल्लाका ६ वटै स्थानीय तहको निर्वाचन, कार्यपालिका सदस्य निर्वाचनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको निर्वाचन गराउन लागेको हो ।

निर्वाचन तालिका अनुसार जेठ २६ गते मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ । जिल्ला समन्वय समितिको निर्वाचनका लागि जिल्लामा १२ जना मतदाता छन् । ३ नगरपालिकाका ३ प्रमुख र ३ उपप्रमुख, ३ गाउँपालिकाका ३ अध्यक्ष र ३ उपाध्यक्ष गरी १२ जना मतदाताले मतदान गर्नेछन् ।

१२ जनामा ९ जना मतदाता माओवादी केन्द्रबाट निर्वाचित छन् भने २ जना नेपाली कांग्रेसबाट निर्वाचित छन् । एक जना मतदाता नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका छन् ।

चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका, सानीभेरी र त्रिवेणी गाउँपालिकामा माओवादीका प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्ष निर्वाचित भएका छन् । मुसीकोट नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् ।

बाँफिकोट गाउँपालिका अध्यक्ष नेपाली कांग्रेसले जितेको छ भने उपाध्यक्ष नेकपा माओवादीले जितेको छ । जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख सहित ७ जना सदस्य गरी ९ निर्वाचित हुनेछन् ।

प्रकाशित : जेष्ठ २२, २०७९ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?