कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुगु बस दुर्घटना : मृतकका परिवारलाई बिमा रकम हस्तान्तरण

राजबहादुर शाही

मुगु — बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिमा परिवारलाई  ५ लाख रुपैयाँका दरले बिमा रकम हस्तान्तरण गरिएको छ । गत असोज २६ गते नेपालगञ्जबाट मुगु आउँदै गरेको यात्रुवाहक बस पिना खोलामा दुर्घटना हुँदा ३३ जनाको ज्यान गएको र ११ जना घाइते भएका थिए ।

मुगु बस दुर्घटना : मृतकका परिवारलाई बिमा रकम हस्तान्तरण

बस दुर्घटना भएको करिब ९ महिनापछि लुम्बिनी इन्स्योरेन्स प्रालिबाट निकासा भएको बिमाबापतको १ करोड ६५ लाख रकम मृतकका परिवारलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँका दरले वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

'श्रीमान् गुमाएको ९ महिनापछि बिमा रकम पाइयो,' छायाँनाथ रारा नगरपालिका कार्कीबाडा गाउँकी धौली कार्कीले भनिन्, 'श्रीमान् फर्किने छैनन् यो बिमाको पैसाले तीन छोरीलाई पढाउनुपर्‍यो।'

मृतकका परिवारलाई नगरपालिकाले प्रतिव्यक्ति ५० हजार प्रदेश सरकारले पनि १ लाख रुपैयाँ उपलब्ध गराएको छ । दुर्घटनामा परेका घाइते बिरामीलाई हवाई उद्धार भाडा रकम र जिल्ला अस्पतालमा उपचारबापतको रकम सरकारले अहिलेसम्म निकासा नगर्दा समस्या भएको प्रजिअ महतले बताए ।

प्रकाशित : जेष्ठ १२, २०७९ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?