कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दैलेखको भगवतीमाईमा माओवादीका थापा र कांग्रेसकी खड्का विजयी

ज्योति कटुवाल

दैलेख — भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेश थापा विजयी भएका छन् । थापा दुई हजार ८४६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दशरथ खड्काले २ हजार २०३ र एमालेका शान्ति शर्माले १ हजार ९३४ मत पाएका छन् ।

दैलेखको भगवतीमाईमा माओवादीका थापा र कांग्रेसकी खड्का विजयी

उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मीना खड्काले २६८३ मत ल्याएर जितेकी छिन् ।

उनका प्रतिस्पर्धी माओवादीकी मनिषा सोनीले २ हजार २४७ मत पाइन् भने एमालेकी बसन्ता शाहीले एक हजार ९२२ मत पाएकी छिन् । भगवतीमाईमा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चुनावी तालमेल थियो ।

एकीकृत समाजवादीले भने वडामा मात्र भाग लिएको थियो ।

प्रकाशित : जेष्ठ २, २०७९ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?