कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झडपपछि जाजरकोटमा कडाइ

हरिहरसिंह राठौर

जाजरकोट — उत्तरी भेक बारेकोटमा निर्वाचन प्रचारप्रसारका क्रममा भएको झडपपछि उक्त क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । शनिबार साँझ माओवादी कार्यकर्ता र स्वतन्त्र उम्मेदवारका कार्यकर्ताबीच नायकवाडामा झडप भएको थियो । 

झडपपछि जाजरकोटमा कडाइ

झडपपछि थप घटना हुन नदिन रामीडाँडा इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा गस्तीलाई थप सतर्क बनाइएको छ ।

‘घटनालाई हिंस्रक हुन नदिन जिल्लास्थित सबै राजनीतिक दलहरूलाई सतर्क बनाएका छौं, सशस्त्र प्रहरीलगायतको टोली हरेक गाउँपालिकामा परिचालन गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले भने ।

प्रजिअ शाहीले जिल्लास्थित सुरक्षा समिति २४ घण्टा अलर्ट रहेको बताउँदै, मतदाताहरू भड्काउने र शंकास्पद वस्तुहरूको निगरानी गरिने जनाए । मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।

जिल्लाका ३ नगरपालिकासहित ७ स्थानीय तहमा ८६ स्थानका १४२ वटा मतदान केन्द्रमा खटिएका कर्मचारीहरूले निर्वाचनसम्बन्धी कार्य गर्न थालिसकेका छन् । मतदान सकिएलगत्तै ३० गते राति ९ बजेसम्म हरेक स्थानीय तहका निर्वाचन कार्यालयहरूमा मतपेटिकाको संकलन भई मतगणना आरम्भ गर्ने योजना छ ।

प्रकाशित : वैशाख २८, २०७९ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?