१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

हरि गौतम

रुकुम पश्चिम — त्रिवेणी गाउँपालिका ९ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । बुधबार रातिबाट सुरु भएको विवादमा एकअर्कालाई दोषारोपण गरी झडप गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले दुवै पक्षबीच केही ठाउँमा ढुङ्गा हानाहान भएपछि जिल्लाबाट प्रहरी परिचालन गरिएको जानकारी दिए ।

कांग्रेसनिकट तरुण दलले वाईसीएलका चुडामणि बस्नेत, डिलबहादुर विकको घर तोडफोड गरेका छन् । माओवादीको तर्फबाट ९ नम्बर वडाध्यक्षका उम्मेदवार जनककुमार विकको समेत गरी ३ वटा बाइकसमेत तोडफोड गरेका छन् ।

माओवादी कार्यकर्ताले कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार अमरसिङ खड्काको घरमा पनि ढुङ्गा हानेको प्रहरीले जनाएको छ । दुवैतर्फको टोली सो वडामा जम्मा भएको प्रहरीले बताएको छ । केहीलाई सामान्य चोट लागेको जनाइएको छ ।

प्रकाशित : वैशाख २२, २०७९ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?