कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जुम्लामा भ्यान दुर्घटना हुँदा १० घाइते 

डीबी बुढा

जुम्ला — जुम्लाको तातोपानी गाउँपालिका २ बाबिरामा भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले सदरमुकाम खलंगाबाट कालिकोटको नाग्मका लागि छुटेको भे १ ज १२२० नम्बरको जिप दुर्घटना भएको जानकारी दिए । उनका अनुसार भ्यानमा १० जना यात्रु थिए । सबै यात्रु घाइते भएका छन् ।

जुम्लामा भ्यान दुर्घटना हुँदा १० घाइते 

घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइँदैछ । केही सामान्य घाइते छन् । केही यात्रुलाई गम्भीर चोट लागेको देखिएको छ ।

डिएसपी चन्दले भने,‘अहिले घाइतेको उद्धार भइरहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट एम्बुलेन्स घाइते ल्याउन गइरहेको छ ।'

तीव्र गतिमा आएको भ्यान सिधै सडकबाट खोलामा गएको स्थानीय लोकबहादुर दमाइले जानकारी दिए । उनले भने,‘भ्यान सिधै खोलामा गएर मात्र बच्यो । अन्यत्र स्थानमा खसेको भए सबैको अवस्था दयनीय हुने थियो ।

प्रकाशित : चैत्र २९, २०७८ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?