कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

शिक्षक सेवा आयोगको परीक्षा पास गराइदिने भन्दै लाखौं असुलेर फरार

ज्योति कटुवाल

सुर्खेत — शिक्षक सेवा आयोगको परीक्षा पास गराइदिने भन्दै परीक्षार्थीबाट लाखौं रकम असुल्ने युवा फरार भएका छन् । कालीकोट गेला निवासी जगत शाहीले आयोगका पदाधिकारी र कर्मचारीसँग सेटिङ मिलाएर पास गराउने भन्दै परीक्षार्थीबाट ६० लाखभन्दा बढी रकम असुलेर फरार भएका हुन् ।

शिक्षक सेवा आयोगको परीक्षा पास गराइदिने भन्दै लाखौं असुलेर फरार

१५ गतेबाट सुरु भएको शिक्षक सेवा आयोगको परीक्षामा पास गरिदिने भन्दै प्रतिव्यक्ति २ लाखका दरले रकम उठाएर पश्नपत्रसहित उत्तर लेखेर पठाइदिने शर्तमा पैसा उठाएका थिए । कालिका माद्यमिक विद्यालयका शिक्षक खेमराज शाहीले परीक्षार्थीहरुबाट दुई लाख रकम असुलेर फरार भएको बताएका छन् ।

फरार जगत शाहीले परीक्षा समयअघि नै प्रश्नपत्र लिक गराउने शर्तमा परीक्षार्थीबाट रकम असुलेको परीक्षार्थीहरूको गुनासो छ । तर रकम बुझाएका परीक्षार्थीले प्रश्नपत्र उपलब्ध नगराएको भन्दै शुक्रबार वीरेन्द्रनगरस्थित मंगलगढी चोकको एक होटलमा घेराउसमेत गरेका थिए । कालीकोटकै विजय शाहीले परीक्षामा पास गराइदिने भन्दै २ लाख रुपैयाँ दिएको बताए ।

परीक्षार्थीले पैसा फिर्ता मागेपछि उनी ४ तलाको घरबाट हाम फालेर फरार भएको स्थानीयहरूले बताएका छन् । प्रहरीले गैरकानुनी रुपमा रकम असुल्ने जगत र उनका सहयोगी मनराज शाहीलाई खोजी गरिरहेको जनाएको छ । परीक्षा समयभन्दा अगाडि शुक्रबार जेनिथ इन्टिच्यूटमा र सुर्खेतस्थित एमपीजे म:म सेन्टरबाट हस्तलिखित प्रश्नउत्तरसहितको फोटोकपी बाँड्दै रकम असुलेको खुलेको छ ।

उनीहरुले कालीकोट, दैलेख, जुम्ला, हुम्ला र सुर्खेत लगायत स्थानका परिक्षार्थीबाट २ लाखका दरले रकम असुलेको खुलेको प्रहरीले जनाएको छ । रकम असुल्नेमा कालीकोट घर भएका मनराज शाही र जगत शाही लगायतका युवाहरू भएको पाइएको छ । कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयकी प्रमुख दीपा हमालले भने ट्युसन सेन्टरको बदमासी हुनसक्ने बनाताएकी छन् ।

सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रमुख पदम विष्टले प्रशिक्षार्थीहरुको गुनासो आएकाले अनुसन्धान भइरहेको बताएका छन् । प्रहरीले उत्तर सहितको प्रश्नपत्र बाहिरिएको सूचना पाउनसाथ खोजी कार्य गरेको थियो ।

प्रकाशित : चैत्र १९, २०७८ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×