कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यानमा अटो दुर्घटना हुँदा ५ बालिका घाइते 

विप्लव महर्जन

सल्यान — अटो दुर्घटना हुँदा सल्यानमा पाँच बालिका घाइते भएका छन् । जिल्लाको राप्ती राजमार्ग पर्ने बाग्चौर नगरपालिका २ खरिबोट बजारबाट बाग्चौर जाँदै गरेको रा १ ह ५०२२ नम्बरको अटो बिहीबार खरिबोटको बाँधखोला नजिकै दुर्घटना हुँदा पाँच बालिका घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

सल्यानमा अटो दुर्घटना हुँदा ५ बालिका घाइते 

दुर्घटनामा बाग्चौर नगरपालिका २ खरिबोटकी सुधा भण्डारी, निर्जला बिएम, गंगा ओली, सुप्रिया परियार र ग्रिष्मा बिएम घाइते भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । उनका अनुसार घाइते सबैलाई उपचारका लागि नेपालगन्ज लगिएको छ । क्षमताभन्दा बढ‍ी यात्रु चढाइएकोले अटो दुर्घटना भएको प्रहरी अनुमान छ ।

प्रहरी प्रवक्ता पौडेलका अनुसार अटो चालक फरार छन् । अटो सडकमै पल्टिएको छ ।

प्रकाशित : चैत्र ३, २०७८ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?