कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यानको विद्यालयमा आगलागी

विप्लव महर्जन

सल्यान — बाग्चौर नगरपालिका–९ को लिउरेबारीस्थित लोकतान्त्रिक आधारभूत विद्यालयमा आगलागी भएको छ । आगलागीबाट विद्यालयको अफिस कोठामा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् ।

विद्यालयमा भएको आगलागीबाट भएका सामग्री जलेर नष्ट हुँदा १ लाख ९३ हजार हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रनि अर्जुन पौडेलका अनुसार विद्यालयमा केही दिन अघिदेखि नै आगलागी भएको पाइएको छ । विद्यालयको कार्यालयमा कसले आगलागी गरेको भन्ने बारेमा नखुलेको उनले जानकारी गराए । घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ ।

विद्यालय जाने क्रममा कार्यालय कोठाबाट धुँवा आएको देखेपछि के भयो भनेर हेर्दा आगलागी भएको पाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्धबहादुर ओलीले बताए । विद्यालयको कार्यालय कक्षमा भएको आगलागीबाट सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि केही दिन विद्यालय सञ्चालन गर्न नसकिने अवस्था रहेको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन १९, २०७८ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?