२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हुम्लामा हिमपात, हवाई सेवा अवरुद्ध

कान्तिपुर संवाददाता

सिमीकोट — हुम्लाको सदरमुकाम सिमीकोटमा बुधबार बिहानैदेखि हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण हवाई सेवासमेत अवरुद्ध बनेको छ ।

नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएपछि यात्रुहरू अलपत्र परेका छन् ।

सदरमुकाम सिमीकोटमा अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको स्थानीयहरूले बताएका छन् । यस्तै हिमपातका कारण अन्य क्षेत्रबाट सदरमुकामसम्म आवत जावतका लागि कठिन भएको छ । यद्यपि किसानहरू भने बाली सप्रने भन्दै खुसी देखिएका छन् ।

फागुनको दोस्रो सातामा पनि बाक्लो हिउँ परेपछि सदरमुकामसहित आसपासका क्षेत्रमा पुस, माघमा जस्तै चिसो बढेको स्थानीयहरूले बताएका छन् । हुम्लामा यसअघि पनि मौसम खराब हुँदा पटक पटक हवाई सेवा अवरुद्ध हुँदैआएको छ ।

प्रकाशित : फाल्गुन ११, २०७८ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?