२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

कर्णाली प्रदेश लोकसेवा आयोगको परीक्षा स्थगित

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश लोकसेवा आयोगले फागुन १४ देखि चैत २६ गतेसम्म सञ्चालन हुने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै परीक्षा स्थगित गरेको जानकारी दिएको हो ।

कर्णाली प्रदेश लोकसेवा आयोगको परीक्षा स्थगित

आयोगले पूर्वनिर्धारित प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवाको पाँचौं तहका प्राविधिक तथा अप्राविधिक पदहरूको लिखित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

आयोगले प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक र अप्राविधिकतर्फ तीन सयभन्दा बढी पदका लागि गत पुस २७ गते पहिलोपटक लिखित परीक्षाको विज्ञापन गरेको थियो ।

आयोगले खुलाएको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तत्कालका लागि परीक्षा स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । प्रदेश लोकसेवाले विज्ञापनमा थारू समुदायलाई आरक्षण नदिएको भन्दै थारु कल्याणकारिणी सभा र अधिवक्ता श्रवणकुमार चौधरीले सर्वोच्चमा रिट दर्ता गराएका थिए । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले परीक्षा सञ्चालन नगरी यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको हो । अदालतको उक्त आदेशपछि आयोगले परीक्षा स्थगित गरिएको आयोगले जनाएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७८ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?