कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बन्गाडकुपिन्डेमा अस्पताल बन्दै

कान्तिपुर संवाददाता

सल्यान — बन्गाडकुपिन्डे नगरपालिकामा १५ शय्याको अस्पताल बन्ने भएको छ । जसका लागि स्थानीयले झन्डै ६० लाख रुपैयाँको १८ रोपनी १४ आना जग्गा निःशुल्क दान गरेका छन् । अस्पताल निर्माणका लागि नगरपालिकाले १८ करोड रुपैयाँको टेन्डरसमेत गरिसकेको छ ।

आफ्नै पालिकामा अस्पताल बने उपचारका लागि बाहिर जानु नपर्ने भएपछि बन्गाडकुपिन्डे नगरपालिका–१ अम्राका २८ स्थानीयले जग्गा दान गरेका हुन् । गाउँमै अस्पताल बनेपछि सामान्य उपचारका लागि पनि धेरै रकम खर्च गरेर बाहिर जानुपर्ने बाध्यताको अन्त्य एक जग्गादाता हिमीकुमारी बोहराले बताइन् । ‘अस्पताल नहुँदा बिरामी भए नेपालगन्ज र सुर्खेतका अस्पतालमा जानुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘अस्पताल पुग्नका लागि धेरै समय लाग्ने भएकाले कतिले बाटैमा ज्यान गुमाउँदै आएका छन् ।’ उनले गाउँघरमै सुविधासम्पन्न अस्पताल बने कसैले अकालमा ज्यान गुमाउनु नपर्ने बताइन् । स्थानीयले जग्गा उपलब्ध गराएपछि अस्पतालको काम एक महिनाभित्रै सुरु गर्ने नगरपालिकाका स्वास्थ्य प्रमुख वासुदेव पोखरेलले बताए । उनका अनुसार अस्पताल बने स्थानीय र छिमेकी जिल्लाका बासिन्दालाई राहत हुनेछ ।

प्रकाशित : फाल्गुन ९, २०७८ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×