१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

चटयाङ लागेर सल्यानमा एक जनाको मृत्यु 

विप्लव मर्हजन

सल्यान — बिहीबार राति सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लागेर वन्गाड कुपिन्डे नगरपालिका वडा नम्बर ७, लामसराकी ५३ वर्षीया रामकली कामीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घरमा जडान गरेको सोलारमा चटयाङ पर्दा भान्सा कोठामा सुतिरहेकी कामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शुक्रबार बिहान प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी गराए ।

चट्याङ लागेर दुई वटा घरमा समेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।



प्रकाशित : माघ २१, २०७८ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?