२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४९

सेतो 'कार्पेट'मा रारा [फोटोफिचर]

राजबहादुर शाही

मुगु — नेपालको पर्यटकीय गन्तव्य रारा ताल अहिले हिउँले सेताम्मे भएको छ । वरिपरि सेताम्मे हिउँ‚ बीचमा निलो तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत बद्री विनोद दाहालले बताए ।

सेतो 'कार्पेट'मा रारा [फोटोफिचर]

घाम लागेको दिन हिउँले गर्दा रारा चाँदी झैं टल्किने गरेको छ । रारा क्षेत्र वरिपरि जमेको हिउँ फागुन महिनासम्म रहने भएकाले यो समयमा आउने पर्यटकहरूले राराको यो अनुपम सौन्दर्यको अवलोकन गर्न पाउने अधिकृत दाहालले बताए ।

ताल वारिपारिबाट बगेर आउने मझौला खोलाहरू पनि हिउँले पुरिएका छन् । माथिबाट हिउँले ढाकेको र भित्र सलल गरेर पानी बगेको आवाज सुनिने गरेको छ ।

सल्लेरीदेखि रारा तालको छेउसम्मको बाटोमा हिउँले गर्दा खुट्टा डुब्ने गरेका छन् ।

घुम्ने पर्यटक शून्य
पर्यटकीय गन्तव्य रारा डेढ महिनादेखि पर्यटकविहीन भएको छ । एकातिर कोभिड महामारी‚ अर्कोतिर हिमपातलले गर्दा रारा घुम्न आन्तरिक तथा बाह्य पर्यटक नआँउदा रारा सुनसान देखिने गरेको छ ।

मंसिर महिनासम्म काठमाडौं‚ पोखरा, बुटवल, पाल्पा, नेपालगन्ज लगायत सहरबाट आन्तरिक पर्यटक रारा घुम्न आए पनि पुस लागेपछि यो क्रम रोकिएको छ । पर्यटक नआउँदा रारा क्षेत्र वरपरका एक दर्जन साना र मझौला होटलसमेत बन्द छन् ।



प्रकाशित : माघ १८, २०७८ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?