कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेलिकोप्टरबाट सुत्केरीको उद्दार

रुकुम पश्चिम — चौरजहारी अस्पतालमा उपचाररत एक सुत्केरीको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । जाजरकोटको कुशे गाउँपालिकाकी–५ की २५ वर्षीया सरस्वती रावललाई चौरजहारी अस्पतालबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत मंगलबार प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

हेलिकोप्टरबाट सुत्केरीको उद्दार

घरमै जुम्ल्याहा छोरालाई जन्म दिएकी रावललाई सुत्केरीपछि संक्रमण बढेपछि पुस २९ गते चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो । शिशु जन्मेको १४ दिनपछि अस्पतालमा भर्ना गरिएकी सरस्वतीमा कडा खालको रक्तअल्पता भएकाले सुविधासम्पन्न अस्पताल लैजान भनेपछि सुर्खेत लगिएको उनका श्रीमान् धनबहादुर रावलले बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सुत्केरीको उद्धार भएको हो । घरमै रहेका जुम्ल्याहा छोराको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित : माघ ५, २०७८ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?