चिसो छल्न तातोपानी
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
जुम्ला — जुम्लामा दिन प्रतिदिन चिसो बढ्दै गएपछि स्थानीयहरू चिसो छल्न तातोपानी धारामा नुहाउन जाने गरेका छन् । पुस लागेसँगै तातोपानी धारामा नुहाउने मानिसको घुइँचो लाग्न थालेको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![चिसो छल्न तातोपानी](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/miscellaneous/tatopanidharapokharimanahaudai-1-1512022044515-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
अहिले तातोपानी गाउँपालिकास्थित तातोपानी पोखरीमा नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । यो वर्ष तातोपानीमा नुहाउन आउनेहरूका लागि धारा व्यवस्थित गरिएको छ । नुहाउन व्यवस्थित बनाउन टिकट काटिएको तातोपानी पर्यटकीय विकास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार धारामा नुहाउन आउने जिल्लावासीलाई २० रुपैयाँ र जिल्ला बाहिरसँग ४० रुपैयाँ शुल्क लिने गरिएको हो ।
चिसोको समयमा तातोपानी धारामा झन्डै एक सय मासिन नुहाउन आउन गरेको स्थानीय जगत डाँगीले बताए । ‘मंसिरको दोस्रो सातादेखि नै कुण्डमा नुहाउन आउनेको भीड लागेको हो,’ उनले भने, ‘अहिले धारामा नुहाउन आउनेहरूको लुगा र सामान राख्न लकरको व्यवस्थासमेत गरिएको छ ।’ उनका अनुसार मानिस विभिन्न चर्मरोग निको पार्ने विश्वासमा पनि तातोपानीमा नुहाउन आउने गरेका छन् ।
तातोपानी धारानजिकै होटल व्यवसाय गरिरहेका नरेन्द्र बुढाले चैतसम्म तातोपानी धारामा नुहाउनेहरूको भीड लाग्ने बताए । ‘सौख, मनोरञ्जन र विभिन्न रोग सन्चो गराउन मानिसहरू तातोपानीमा नुहाउन आउँछन्,’ उनले भने । पोखरी एउटै भएकाले पुरुष र महिलासँगै एउटै धारामा नुहाउनुपर्दा समस्या छ । उनले एक पटकमा कति जनालाई नुहाउन पठाउने, टिकट काटेपछि कति समय नुहाउन पाउनेलगायतका नियम बनाउन जरुरी रहेको बताए ।
तातोपानी समुद्र सतहदेखि २ हजार ६ सय मिटर उचाइमा अवस्थित छ । तातोपानी जिल्ला सदरमुकाम खलंगाबाट झन्डै ८ कोष पश्चिममा पर्छ । तातोपानीको पोखरीमा ३/४ घण्टा डुबुल्की मारेर नुहाउँदा छालामा घाउ खटिरा आउने, पेटका रोगहरू निको हुने तथा हाडजोर्नी दुख्नेजस्ता समस्या हटेर जाने गरेको जनविश्वास छ ।
प्रकाशित : माघ १, २०७८ १२:५१