कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली प्रदेशसभामा ५ अध्यादेश

वीरेन्द्रनगर — कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकमा विभिन्न ५ वटा अध्यादेश पेस भएका छन् । बुधबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले अध्यादेश पेस गरेका हुन् ।

कर्णाली प्रदेशसभामा ५ अध्यादेश

उनले कर्णाली प्रदेश विनियोजन अध्यादेश २०७८, कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८, प्रदेश लोकसेवा आयोग दोस्रो संशोधन अध्यादेश २०७८, प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी अध्यादेश २०७८ र कर्णाली प्रदेश खेलकुद विकास पहिलो संशोधन अध्यादेश २०७८ सभामा पेश गरेका छन् । सभामा पेस भएका अध्यादेश अस्वीकारसम्बन्धी प्रस्ताव पेस गर्न चाहनेका लागि २ दिनको समय दिइएको सभामुख राजबहादुर शाहीले बताए ।

यसैबीच, असारमा प्रदेशसभामा पेस भएको कर्णाली प्रदेश विनियोजन विधेयक २०७८ र कर्णाली प्रदेश आर्थिक विधेयक २०७८ फिर्ता लिन मन्त्री विष्टले सभामा प्रस्ताव पेस गरेका छन् । प्रदेशसभाको आगामी वैठक माघ २ गते बस्नेछ ।

कर्णाली प्रदेशसभा भवन । तस्बिर : हरिहरसिंह राठौर


प्रकाशित : पुस २९, २०७८ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?