कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा प्रधानाध्यापकसहित दुई जनाको मृत्यु

हरिहरसिंह राठौर

जाजरकोट — कुशे गाउँपालिका–५ खुर्पाखोलामा बिहीबार भएको ट्र्याक्टर दुर्घटनामा स्थानीय विद्यालयका प्रधानाध्यापकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे गाउँपालिका–५ खुर्पा निवासी २६ वर्षीय मानबहादुर कामी र ढिमे निवासी ४० वर्षीय ओमप्रकाश मल्ल छन् । मृतक मल्ल सरस्वती प्राथमिक विद्यालय बाटुल्याका प्रधानाध्यापक हुन् ।

जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा प्रधानाध्यापकसहित दुई जनाको मृत्यु

विभिन्न जुडिबुटी बोकेर पैंकदेखि खलंगातर्फ जाँदै गरेको क प्र २०३००१ त २७३६ नम्बरको ट्र्याक्टर बिहीबार बिहान खुर्पाखोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । कार्यालयका अनुसार ट्र्याक्टर सडकबाट झण्डै ५०० मिटर तल खसेको छ ।

दुर्घटनापछि ट्र्याक्टर चालक ढिमे निवासी २४ वर्षीय बलबहादुर विक र सहचालक ढिमे निवासी १८ वर्षीय जनकबहादुर विक फरार भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुवै शव परीक्षणका लागि खलंगा अस्पताल ल्याइएको छ ।

प्रकाशित : पुस २९, २०७८ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?