कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मचारीमा कोरोना देखिएपछि कुमाख गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

विप्लव महर्जन

सल्यान — कर्मचारीमा कोरोना देखिएपछि कुमाख गाउँपालिकाको कार्यालयले अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेको छ ।

कर्मचारीमा कोरोना देखिएपछि कुमाख गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

कोरोना जोखिम बढदै गएका बेला सेवाग्राही लगायत अन्य कर्मचारी जोखिममा पर्ने देखिएपछि सूचना प्रकाशन गरी पाँच दिनका लागि सेवा बन्द गरेको हो ।

बुधबारदेखि माघ २ गतेसम्मका लागि पालिकाले दिने सबै किसिमका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर घर्तिले बताए । बुधबार गरिएको एन्टिजिन परीक्षणमा एक कर्मचारीको कोरोना पोजिटिभ देखिएको उनले जानकारी गराए । उनका अनुसार संक्रमित कर्मचारीको अवस्था सामान्य छ ।

कर्मचारीसँग नजिकिएका सबैलाई सतर्क रहन र कोरोना परीक्षण गराउन उनले आग्रह गरेका छन । कोरोनाकै उच्च जोखिमका कारण भयावहको अवस्था नआओस् भनेर केन्द्रीय सरकारले प्रकाशन गरेको सूचना अनुसार बुधबारदेखि पालिकाका सबै विद्यालय बन्द गरिएको समेत उनले जानकारी गराए ।

दैनिक कोरोना संक्रमण बढदै गएकाले अत्यावश्यक कामबाहेक अन्य समयमा त्यत्तिकै घुमफिर नगर्न र जानै परे अनिवार्य मास्क लगाउन तथा स्वास्थ्य मापदण्ड पालना गर्न उनले पालिकाभित्रका सर्वसाधारणलाई आग्रह गरेका छन् ।

गाउँघरमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी बढन थालेकाले लक्षण देखिएका सबैले कोरोना परीक्षण गराउन र अनिवार्य खोप लगाउन उनले सल्लाह दिएका छन् ।

प्रकाशित : पुस २९, २०७८ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?