२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

कर्णाली प्रदेश सभामा ५ वटा अध्यादेश पेस

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठकमा विभिन्न पाँच वटा अध्यादेश पेस भएका छन् । बुधबार बसेको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले अध्यादेश जारी गर्नुपरेको परिस्थिति र कारणसहित अध्यादेश पेस गरेका हुन् ।

कर्णाली प्रदेश सभामा ५ वटा अध्यादेश पेस

बैठकमा कर्णाली प्रदेश विनियोजन अध्यादेश २०७८, कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८, प्रदेश लोकसेवा आयोग दोस्रो संशोधन अध्यादेश २०७८, प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी अध्यादेश २०७८ र कर्णाली प्रदेश खेलकुद विकास पहिलो संशोधन अध्यादेश २०७८ सभामा पेस गरिएको हो ।

सभामा पेश भएका अध्यादेश अस्वीकारसम्बन्धी प्रस्ताव पेस गर्न चाहनेका लागि दुई दिनको समय दिइएको सभामुख राजबहादुर शाहीले जानकारी दिए । यस्तै गत असारमा प्रदेशसभामा पेस भएको कर्णाली प्रदेश विनियोजन विधेयक २०७८ र कर्णाली प्रदेश आर्थिक विधेयक २०७८ फिर्ता लिनका लागि पनि मन्त्री विष्टले सभामा प्रस्ताव पेस गरेका छन् ।

उक्त प्रस्ताव अस्वीकार गर्नका लागि अर्को बैठकमा समय उपलब्ध गराइने सभामुख शाहीले बताए। प्रदेशसभाको अर्को बैठक माघ २ गते दिउँसो ३ बजे बस्नेछ ।

प्रकाशित : पुस २८, २०७८ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?