२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

भन्सार छलेर भित्र्याइएका जुत्ता-चप्पल बरामद

दीपेन्द्र बडुवाल

भैरहवा — सशस्त्र प्रहरी बल २७ नम्बर गणले भन्सार छलेर भित्र्याइएका करिब चार लाख रुपैयाँ मूल्यका जुत्ता-चप्पल बरामद गरेको छ ।

भन्सार छलेर भित्र्याइएका जुत्ता-चप्पल बरामद

गणले शनिवार जारी गरेको प्रेस विज्ञप्तlका अनुसार उक्त गणबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरको नेतृत्वमा गएको मोवाइल गस्ती टोलीले बुटवल–१३, बाट जुत्ताचप्पल बरामद गरेको जनाएको छ ।

गणका सूचना अधिकारी मोहन न्यौपानेद्वारा जारी विज्ञप्तिमा लु १ च ५७९१ नम्बरको बोलेरो गाडीमा भारतबाट ल्याइएका ३ सय ६० थान जुत्ता र ३ सय ५७ जोर बच्चाको चप्पल बरामद गरिएको उल्लेख छ ।

बरामद जुत्ता चप्पलको बजार मूल्य ३ लाख ९९ हवार ३ सय ३० रहेको छ । त्यस्तै, बरामद गाडीको मूल्य ९ लाख बराबर रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा गाडी चालक रुपन्देहीको सम्मरीमाई–७, बेतकुँइयाका २४ वर्षीय रविन्द्र यादवलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको उल्लेख छ ।

प्रकाशित : फाल्गुन २६, २०८० १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?