कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नेपालगन्ज एकीकृत जाँच चौकी सञ्चालनको जिम्मा निजीलाई

काठमाडौँ — सरकारले नेपालगन्ज एकीकृत जाँच चौकीको सञ्चालन तथा व्यवस्थापन निजी क्षेत्रमार्फत गराउन कम्पनी छनोट गरेको छ ।

नेपालगन्ज एकीकृत जाँच चौकी सञ्चालनको जिम्मा निजीलाई

नेपाल इन्टरमोडल यातायात विकास समितिले जाँच चौकी सञ्चालनको जिम्मा टीआरएस एटलस लोजिपार्क प्रालिलाई दिने भएको हो । समितिका कार्यकारी निर्देशक आशीष गजुरेलका अनुसार जाँच चौकी सञ्चालनका लागि गत असार ११ गते अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान भएको थियो ।

एटलस टर्मिनल जेभी काठमाडौं र ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालि विराटनगरले आवेदन दिएका थिए । ‘दुई कम्पनीमध्ये एटलस टर्मिनल जेभी अन्तर्गतको टीआरएस एटलस लोजिपार्क प्रालि छनोट भएको उनले बताए । ती कम्पनीसँग ५ वर्षका लागि २० करोड ८८ लाख रुपैयाँ न्यूनतम पट्टा बहाल रकम र नियमानुसार महसुल बाँडफाँड गर्ने गरी करार सम्झौता भएको छ,’ उनले भने ।

सम्झौताअनुसार जाँच चौकी समितिलाई हस्तान्तरण भएको मितिदेखि सञ्चालन तथा व्यवस्थापन टीआरएस एटलस लोजिपार्क प्रालिले गर्ने छ ।

प्रकाशित : पुस २७, २०८० १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×