कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तनहुँमा कार दुर्घटना: ५ भारतीय नागरिक घाइते

सम्झना रसाइली

तनहुँ — आबुखैरेनी गाउँपालिका-१ सत्रसयमा आइतबार बिहान कार दुर्घटना भएकाे छ। उक्त दुर्घटनामा ५ भारतीय नागरिक घाइते भएका जिल्ला प्रहरीले जनाएको छ ।

तनहुँमा कार दुर्घटना: ५ भारतीय नागरिक घाइते

आबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेकाे बिआर ०६ डीएच ८२८१ नम्बरकाे कार अनियन्त्रित भइ सडकदेखि २० मिटर तल खस्दा कारमा सवार ५ जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाकाे आबुखैरेनी अस्पताल, ३ जनाकाे पुरानाे मेडिकल कलेज चितवनमा उपचार भइरहेकाे छ भने एक जना उपचारपश्चात डिस्चार्ज भएका छन् ।

प्रकाशित : जेष्ठ १३, २०८१ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?