२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

लमजुङको बेंसीसहरमा दिनदहाडै सुन चोरी

आश गुरुङ

लमजुङ — लमजुङको बेंसीसहरमा एउटा घरबाट दिनदहडै सुन चोरी भएको छ । बेंसीसहर नगरपालिका-७, मा रहेको जनविकास मावि नजिकै शन्तबहादुर तामाङको घरबाट बिहीबार दिउँसो सुन चोरी भएको जानकारी आएको प्रहरीले दिएको छ ।

लमजुङको बेंसीसहरमा दिनदहाडै सुन चोरी

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँका अनुसार सन्तबहादुर र उनकी साली टिकामाया श्रेष्ठको गरी ८ तोला बढी सुन चोरी भएको प्रारम्भिक अनुमान छ । बिहीबार दिउँसो साढे ११ देखि २ बजेसम्मको अवधिमा सुन चोरी भएको हुन सक्ने उनले बताए ।

सन्तबहादुरको साली र छोरी कार्यालय गएको साथै दिउँसोको समय तीन तले घरको सबैभन्दा माथिल्लो तलामा सुत्न गएका बेला घरकै च्यानल गेटको चाबी फोडेर सुन चोरी भएको पीडितले बताए । माथिल्लो तलामा सुतेर दिउँसो दोस्रो तलामा आउँदा च्यानल गेट खुल्लै रहेको र ढोका साथै सुन रहेको दराज पनि खुल्लै देखेपछिमात्रै हारगुहार गरिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले सुन चोरी घटना अनुसन्धान र चोरीमा संलग्नको खोजी थालिएको बताए । उनले चोरी घटनाको कुनै सूचना प्राप्त भएमा प्रहरीमा जानकारी गराउनसमेत आग्रह गरे ।

प्रकाशित : आश्विन ११, २०८० १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?