काठमाडौँ — वरिष्ठ पत्रकार कशमश विश्वकर्माले कान्तिपुर पब्लिकेशन्स् लिमिडेटका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ गरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिरोध साँधेको आभाष भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा यस्तो टिप्पणी गरेका हुन् । नागरिकता, पासपोर्ट दुरुपयोगका कतिपय घटना हेर्दा कैलाश सिरोहियालाई पक्राउ गर्नुपर्ने देखिन्न । 'उनको नागरिकताको विवादको थप अनुसन्धान होला नै,’ उनले भनेका छन्, ‘तर, सहकारी ठगीका बारेमा कान्तिपुरमा प्रकाशित रिपोर्टका शृंखला हेर्दा गृहमन्त्रीले प्रतिशोध नै साँधेको आभाष हुन्छ, यो दुर्भाग्य हो ।’
