काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विषयलाई लिएर द काठमान्डू पोष्टका पूर्वसम्पादक तथा वरिष्ठ पत्रकार संजीव सत्गैंयाले टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा सत्गैंयाले लेखेका छन्,‘जे भइरहेको छ, राम्रो भइरहेको छैन । व्यक्तिविरुद्ध प्रतशोधको राजनीतिले ठाउँ पाउँदै जानु निन्दनीय छ, वैधानिक शक्तिलाई प्रतिशोधको लागि प्रयोग गर्ने प्रवृत्ति अत्यन्त खतरनाक, यस्तो प्रवृत्तिलाई समयमै रोक्न अत्यन्त जरुरी छ ।’
कान्तिपुर दैनिकले पछिल्लो समय उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न सहकारी ठगीको विषयमाथि रिर्पोटिङ गर्दै आइरहेको थियो । साथै, सत्ता पक्षकै अर्को दल एमालेका अध्यक्ष केपी ओली जोडिएको गिरिबन्धु टीस्टेटको पनि समाचार लेख्दै आइरहेको छ ।
यी दुई विषयलाई प्रतिरोधका रुपमा लिएर पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारले कान्तिपुरका अध्यक्ष सिरोहियालाई नागरिकताको आरोपमा धनुषा जिल्लाबाट पक्राउ पुर्जी जारी गरी प्रहरीलाई सञ्चार गृहमै पठाएर पक्राउ लगेको हो ।
