कैलाश सिरोहियाको गिरफ्तारी प्रतिशोधको नांगो कर्तुत : कांग्रेस नेता निधि

जेष्ठ ८, २०८१

कान्तिपुर संवाददाता

Kailash Sirohia's arrest is a sign of revenge: Congress leader Nidhi

काठमाडौँ — कांग्रेस नेता विमलेन्द्र निधिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी प्रतिशोधको नांगो कर्तुत भएको भन्दै भर्त्सना गरेका छन् । ‘जनकपुरमा उनको र मेरो घर सडकको वारिपारि हो, उनको मातापिता र पुरै परिवारलाई म राम्ररी चिन्दछु । संचार क्षेत्रमा उनको योगदान अद्वितीय छ,’ निधिले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘तत्काल उनको रिहाई होस् ।'

एमाले नेता योगेश भट्टराईले कसैलाई पनि प्रतिशोध लिएर कारबाही गर्न नहुने बताएका छन् । ‘न्यायिक निरुपणको हिसाबले कहीं कमीकमाजेरी छन् भने अदालतले हेर्ने हो । कानुनको नजरमा सानो ठुलो हुन्न । हिजोको कमीकमजोरी छ भने कानुनतः सफाइ लिने प्रक्रियामा जानुपर्छ । तर, आग्रहपूर्वक ढंगले चाहे त्यो संचारमाध्यम होस्, चाहे नागरिक त्यसमाथि जबर्जस्ती गर्न हुन्न । राज्यले सबैसँग समान व्यवहार गर्नुपर्छ,’ भट्टराईले कान्तिपुर टीभीसँगको कुराकानीमा भनेका छन् । 

मिडिया स्वतन्त्र, निष्पक्षताका साथ समाचार दिने विश्वास भएकाले यसलाई बचाउने दायित्व राज्यको पनि हो भन्दै भट्टराइले भने, ‘कानुनको कार्यन्वयन गर्ने ठाउँमा बसेकाहरुले हप्काउने, दप्काउने काम गर्न हुन्न ।’

कैलास सिरोहियाप्रेसविरुद्ध राज्य प्रतिशोध

कान्तिपुर

Link copied successfully