कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

गण्डकीका मुख्यमन्त्री पाण्डेले बिहीबार विश्वासको मत लिने

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने भएका छन् । आगामी बिहीबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने तयारी रहेको सरकारको प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबारका लागि प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेका छन् । 

गण्डकीका मुख्यमन्त्री पाण्डेले बिहीबार विश्वासको मत लिने

मन्त्रिपरिषद्को सिफारिसमा उनले आइतबार संविधानको धारा १८३ को उपधारा १बमोजिम अधिवेशनको आह्रवान गरेका हुन् । वैशाख ९ मा एक दिनमात्र बसेपछि प्रदेशसभा अधिवेशन अन्त्य गरिएको थियो ।

कांग्रेसका पाण्डे १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेपछि १५ गते पद तथा गोपनीयतको शपथ लिएका थिए । पदभार गर्दै पाण्डेले शुक्रबार तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । गण्डकीमा मन्त्रालयको भागबन्डा नटुंगिएका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । पाण्डेले विश्वासको मत लिएपछि मात्र मन्त्रिपपरिषद् विस्तार गरिने बताइएको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार संचालनका लागि ३१ सांसदको आवश्यक पर्दछ । गण्डकीमा कांग्रेस २७ सिटले सबैभन्दा ठूलो दल हो । माओवादीका ७ र स्वतन्त्र सांसदको समर्थन छ ।

मुख्यमन्त्रीको दाबी पेस गर्दा पाण्डेले प्रदेश प्रमुखसमक्ष ३५ सांसदको हस्ताक्षर बुझाएका थिए ।

प्रकाशित : वैशाख १७, २०८० १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?