कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२९

लमजुङमा जिप दुर्घटना, १ को मृत्यु, ८ जना घाइते

आश गुरुङ

लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका-८, भुलभुलेमा यात्रुबहाक जिप दुर्घटना हुँदा १ महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

लमजुङमा जिप दुर्घटना, १ को मृत्यु, ८ जना घाइते

मर्स्याङ्दी गाउँपालिका ८, भुष्मेकी ४७ वर्षीया भिवकाशी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । इन्स्पेक्टर बुद्धिप्रसाद सुवेदीका अनुसार बेंसीसहरस्थित लमजुङ अस्पतालमा जाँचका क्रममा भिवकाशी तामाङलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

भुलभुलेको सुरुङ कट्नेबित्तिकै भुष्मेतर्फ जाँदै गरेको ग३च ८३६१ नम्बरको बोलेरो जिप बिहीबार साँझ ५ बजेतिर दुर्घटना भएको हो । उकालोमा ब्रेक फेल हुँदा जिप दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । चालक फरार छन् ।

दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । ४ जना घाइते गम्भीर रहेकोमा चितवनस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ । अन्य ४ जनाको बेंसीसहरस्थित लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस १४, २०७९ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?