कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७
फोटो फिचर

गण्डकी प्रदेश सांसदको शपथ ग्रहणको रौनक

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशसभा सांसदहरुले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशसभा हलमा उनीहरूलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराएका हुन् । बस्यालले बुधबारमात्रै प्रदेशप्रमुख पृथ्वीमान गुरुङसँग शपथ लिएका थिए ।

गण्डकी प्रदेश सांसदको शपथ ग्रहणको रौनक
गण्डकी प्रदेश सांसदको शपथ ग्रहणको रौनक

६० सदस्यीय प्रदेशसभा सदस्यमध्ये बिहीबार बस्यालले ५९ जनालाई शपथ गराएका हुन् । कांग्रेसकी सरस्वती गुरुङ, राप्रपाका पञ्चराम गुरुङले गुरुङ भाषा र कांग्रेसकै पार्वती तामाङले तामाङ भाषामा शपथ लिएका थिए भने अरुले नेपाली भाषामै शपथ लिएका थिए । केही सांसदहरू आफ्नै मौलिक पोशाक लगाएर शपथ ग्रहणका लागि प्रदेशसभा प्रवेश गरेका थिए ।

गण्डकी प्रदेश सांसदको शपथ ग्रहणको रौनक

गण्डकी प्रदेशसभामा २७ सिटसहित कांग्रेस पहिलो दल बनेको छ । यसैगरी २२ सिटसहित एमाले दोस्रो, ८ सिटसहित माओवादी केन्द्र तेस्रो पार्टी बनेका छन् । राप्रपा २ र एकीकृत समाजवादीको एक सिट छ । गण्डकी प्रदेशप्रमुख पृथ्वीमान गुरुङले आगामी सोमबार प्रदेशसभा अधिवेशनको आह्वान गरिसकेका छन् ।

गण्डकी प्रदेश सांसदको शपथ ग्रहणको रौनक

पछिल्लो समीकरणअनुसार गण्डकीमा एमाले, माओवादी र राप्रपाको सरकार गठन हुने निश्चित छ । मुख्यमन्त्री को बन्नेबारे टुंगो भने लागेको छैन । तर‚ एमालेका खगराज अधिकारीको बलियो सम्भावना बलियो भएको नेताहरूको दाबी छ । माओवादीले पनि गण्डकीमा मुख्यमन्त्रीको दाबी गरेको छ ।

गण्डकी प्रदेश सांसदको शपथ ग्रहणको रौनक

गण्डकी प्रदेश सांसदको शपथ ग्रहणको रौनक

गण्डकी प्रदेश सांसदको शपथ ग्रहणको रौनक

गण्डकी प्रदेश सांसदको शपथ ग्रहणको रौनक

गण्डकी प्रदेश सांसदको शपथ ग्रहणको रौनक

गण्डकी प्रदेश सांसदको शपथ ग्रहणको रौनक

गण्डकी प्रदेश सांसदको शपथ ग्रहणको रौनक

गण्डकी प्रदेश सांसदको शपथ ग्रहणको रौनक

गण्डकी प्रदेश सांसदको शपथ ग्रहणको रौनक

गण्डकी प्रदेश सांसदको शपथ ग्रहणको रौनक


प्रकाशित : पुस १४, २०७९ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?