२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

गण्डकी प्रदेशको अधिवेशन पुस १८ मा 

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशसभाको अधिवेशन यही पुस १८ सुरु हुने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा १ बमोजिम उक्त दिन दिउँसो ३ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।

गण्डकी प्रदेशको अधिवेशन पुस १८ मा 

अधिवेशन प्रदेशसभा भवन नदीपुरमा हुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले मंगलबार विज्ञप्तिमार्फत जनाएका छन् ।

त्यसअघि प्रदेश प्रमुख गुरुङले बुधबार प्रदेशसभामा ज्येष्ठ सदस्य नेकपा एमालेका मित्रलाल बस्याललाई शपथ खुवाउने कार्यक्रम छ । बिहीबार बस्यालले अन्य प्रदेश सांसदलाई शपथ खुवाउने छन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा विभिन्न ५ राजनीतिक दलको प्रतिनिधित्व रहेको छ । पछिल्लो राजनीतिक समीकरणले प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसले २७ सिट ल्याए पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था देखिएको छ । प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्रबाट जितेर नेकपा एसमा प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) सदस्य रहेका छन् ।

एमालेले नेता खगराज अधिकारी र राप्रपाले पंचमान गुरुङलाई संसदीय दलको नेता चुनिसकेका छन् । कांग्रेसले बुधबार दलको नेता चुन्ने तालिका सार्वजनिक गरेको छ भने माओवादी केन्द्रले पनि छिट्टै टुंग्याउने जनाएको छ ।



प्रकाशित : पुस १२, २०७९ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?