कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुम्कीबासमा बस र ट्रक ठोक्किँदा २० घाइते

नारायण शर्मा

पूर्वी नवलपरासी — महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्कीवासमा बस र ट्रक ठोक्किँदा २० जना यात्रु घाइते भएका छन् । ती मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरीका अनुसार आज बिहान ५ बजे उक्त दुर्घटना भएको हो । लु १ ख ४६७० नम्बारको बस बाग्लुङबाट भैरहवा र लु २ ख ८९३ नम्बरको ट्रक बर्दघाटबाट नारायणगढतर्फ जाँदै गरेको थियो ।

गम्भीर घाइते भएका २ जनालाई उपचारका लागि भरतपुर पठाइएको र अन्य १८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनायो ।


प्रकाशित : मंसिर २२, २०७९ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?