कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राइकोटमा भीरबाट जिप खस्दा ९ जना घाइते

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको महेन्द्रराजमार्गमा पर्ने दल्दले बजारबाट डेढगाउतर्फ जाँदै गरेको ००१ ज ०००६ नम्बरको जिप भीरबाट करिब डेढ सय मिटर तल खस्दा ९ जना घाइते भएका छन् ।

राइकोटमा भीरबाट जिप खस्दा ९ जना घाइते

राइकोट भन्ने स्थान नजिक भीरबाट जिप खस्दा सबै घाइते भएका स्थानीय नोबल सिंह थापाले टेलिफोनमा जानकारी दिए ।उनीहरूमध्ये ३ जना सख्त घाइते रहेको जिल्ला प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार ५ जनालाई उद्धार गरेर जिपमा भरतपुर पठाइएको छ । अन्य २ जनाको उद्धारकार्य जारी छ । घटनास्थलमा बुलिंटार, डेढगाउँ, रुद्रपुर र जिल्ला प्रहरी कार्यालयको उद्धार टोली पुगेको र अहिले उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

दल्दलेवाट जादैगर्दा ५ जना रहेको र बिच बिचवाट चढेका समेत गरेर नौ जना पुगेको स्थानियको भनाई छ ।

घटनास्थल महेन्द्रराजमार्गको दल्दले बजारवाट करिब २८ किलोमिटर उत्तर पश्चिममा ( दुर्गम पहाडी भेगमा) पर्छ ।

प्रकाशित : मंसिर १५, २०७९ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?