१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

गोरखामा समानुपातिकतर्फ माओवादी पहिलो

हरिराम उप्रेती

गोरखा — प्रतिनिधिसभा र प्रदेशसभातर्फ गोरखामा समानुपातिक तर्फको परिणाम सार्वजनिक भएको छ । दुवै निर्वाचन क्षेत्रको प्रतिनिधिसभातर्फ ३७ हजार ४ सय ७१ मत प्राप्त गरी माओवादी केन्द्र पहिलो बनेको छ ।

गोरखामा समानुपातिकतर्फ माओवादी पहिलो

२७ हजार १ सय ५३ मत प्राप्त गरी नेपाली कांग्रेस दोस्रो र १८ हजार ७८ मत प्राप्त गरी नेकपा एमाले तेस्रो दल बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १६ हजार २ सय ४५ मत प्राप्त गरी चौथो दलको हैसियत स्थापित गरेको छ ।

गोरखा–१ मा १८ हजार ४ सय ७१ मत पाएको छ । कांग्रेसले १५ हजार २ सय ७१ र नेकपा एमालेले ११ हजार ८ सय ९३ मत प्राप्त गरेको छ । ७ हजार २ सय ४६ मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी गोरखा–१ मा चौथो दल बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ३ सय ४४, मंगोल नेसनल अर्गनाइजेसनले ४ सय ६१, नेपाल कम्युनिस्ट पार्टी (माक्सर्वादी लेनिनवादी) ले २ सय ८३, नेकपा एकीकृत समाजवादीले २ सय २६, जनता समाजवादी पार्टी १ सय ९ मत पाएका छन् । समानुपातिक सूचीमा रहेको अन्य दलले भने १ सय मत कटाएका छैनन् । १ लाख १५ हजार ३ सय ९७ मतदाता रहेको गोरखा–१ मा ५९ हजार ९ सय ४३ मत खसेको थियो भने ५६ हजार ३ सय ६२ मत सदर भएको थियो ।

प्रतिनिधिसभाको तुलनामा गोरखा–१ को प्रदेशसभातर्फ नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेले बढी मत पाएका छन् । माओवादीले १९ हजार १ सय ५२, कांग्रेसले १८ हजार ७ सय २६, नेकपा एमालेले १३ हजार ४ सय ८८ मत ल्याएको छ । १ हजार ४ सय ५५ मत प्राप्त गरी राप्रपा प्रदेशसभातर्फ चौथो दल बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत बाँडिँदा प्रतिनिधिसभामा कम मत पाएका दलले प्रतिनिधिसभाको तुलनामा प्रदेशमा बढी मत पाएका हुन् ।

गोरखा–२ मा माओवादी केन्द्रले १९ हजार मत प्राप्त गरी पहिलो हैसियत स्थापित गरेको छ । ११ हजार ८ सय ८२ मत प्राप्त गरेर नेपाली कांग्रेस दोस्रो स्थानमा छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ८ हजार ९ सय ९९ मत प्राप्त गरेर तेस्रो दल बनेको छ । ६ हजार १ सय ८५ मत प्राप्त गरेको एमाले गोरखा–२ मा चौथो स्थानमा पुगेको छ । १ हजार ८ सय ४६ मतका साथ राप्रपा पाँचौँ स्थानमा छ भने मंगोल नेसनल अर्गनाइजेसनले १ हजार २० मत प्राप्त गरेको छ । प्रतिनिधिसभाको तुलनामा गोरखा–२ मा पनि माओवादीले मत बढाएको छ ।

प्रदेशसभातर्फ माओवादीले २१ हजार ९ सय २० मत ल्याएको छ । कांग्रेसले ११ हजार ७ सय ८१ मत ल्याएर दोस्रो स्थानमा छ भने नेकपा एमालेले ७ हजार ७ सय ९४ मत ल्याएर प्रदेशसभातर्फ तेस्रो बनेको छ । २ हजार ४ सय ५७ मतका साथ राप्रपा चौथो र १ हजार ४ सय ६२ मतका साथ हाम्रो नेपाली पार्टी पाँचौँ बनेको छ । १ लाख ५ हजार २ सय ४० मतदाता रहेको गोरखा–२ को प्रतिनिधिसभातर्फ ५४ हजार १ सय ७३ मत खसेकोमा ५१ हजार २ सय १४ मत सदर भएको थियो । २ हजार ९ सय ५९ मत भने बदर भएको थियो ।

प्रकाशित : मंसिर ११, २०७९ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?