कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लमजुङ प्रदेश (२) मा कांग्रेसका पौडेल विजयी

आश गुरुङ

लमजुङ — लमजुङ प्रदेश (२) मा नेपाली कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णप्रसाद अधिकारीलाई ७ सय ५४ मतान्तरले पछि पार्दै पौडेलले ५ वर्षका लागि प्रदेशसभाको यात्रा तय गरेका हुन् ।

लमजुङ प्रदेश (२) मा कांग्रेसका पौडेल विजयी

क्व्होलासोंथर गाउँपालिका, मध्यनेपाल, सुन्दरबजार र बेंसीसहर नगरपालिकाबाट ४१ हजार ८ सय ५७ मत खसेकोमा पौडेलले १९ हजार ५ सय ५७ मत पाएको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए । प्रतिद्वन्द्वी अधिकारीले १८ हजार ८ सय ३ मत पाए ।

औपचारिक घोषणा हुन भने बाँकी छ । राप्रपा उम्मेदवार ततबहादुर गुरुङले १ हजार ९ सय ५७ मत पाएका छन् । मंगोल नेश्नल अर्गनाइजेशनका राज गुरुङले ३ सय १४ मत पाएका छन् । जसपाका युवराज दुराले २ सय ४१ मत पाएका छन् । नेपाली कांग्रेस बीपीका नवराज बसौलाले १ सय ४५ मत पाएका छन् ।

पौडेल कांग्रेस निवर्तमान सभापति हुन् भने अधिकारी एमालेका जिल्ला अध्यक्ष हुन् । पौडेल २०७४ को स्थानीय तह निर्वाचनमा बेंसीसहर नगरपालिका प्रमुखमा एमाले उम्मेदवार गुमानसिंह अर्यालसँग पराजित भएका हुन् ।

यसअघि कांग्रेसले जित्दै आएको यो क्षेत्रमा २०६४ मा एमालेका हालका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जितेका थिए । तिनै गुरुङलाई पराजित गर्दै कांग्रेसका चन्द्रबहादुर कुँवरले २०७० मा संविधानसभाको यात्रा तय गरेका थिए ।

कांग्रेसका कृष्णप्रसाद कोइरालालाई पराजित गर्दै पृथ्वीसुब्बा गुरुङले २०७४ मा गण्डकी प्रदेशसभाको यात्रा तय गर्दै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित : मंसिर ८, २०७९ ००:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?