कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

दूरबिनबाट पित्तथैलीको शल्यक्रिया

प्रकाश बराल

बागलुङ — लाखौं खर्चेर पोखरा पुगेर अपरेसन गर्ने क्रम चलिरहेको बेला धौलागिरि अस्पताल बागलुङमा दूरबिन यन्त्र प्रयोग गरेर पित्तथैलीको सफल अपरेसन गरिएको छ ।

घाउ चिरेर मात्र गरिने अपरेसनबाहेक नयाँ विधिले अपरेसन भएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित ढुंगानाले बागलुङमा नयाँ विधिबाट अपरेसन भित्रिएको बताए । ‘यस्ता अपरेसन भैरहेका छ्न, तर दुर्गम क्षेत्रमा यस्ता अपरेसन नयाँ हुन्,’ ढुंगानाले भने, ‘एपेन्डिसाइटिस, हर्निया, पाठेघरको पानी झिक्ने, पत्थरीजस्ता अपरेसन यो विधिबाट हुन थालेका छन् ।’ बागलुङ नगरपालिका २ का ३६ वर्षीय सन्तोष सापकोटाको शल्यक्रिया बागलुङमै सफल भएको हो ।

बुधबार भएको शल्यक्रियामा सर्जन डा. सार्जन कुँवर, प्राञ्जलचन्द्र पौडेल, एनेस्थेसियोलिोजिस्ट डा. गणेश वन, एजेस्थेसियोलोजिस्ट एवं प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. अमित ढुंगाना, वरिष्ठ नर्सिङ निरीक्षक देवी भट्टराई र स्टाफ नर्स शर्मिला शर्मा सहभागी थिए ।

‘अपरेसन गर्ने भनेपछि सोझै पोखरा जाने, महँगो खर्च गर्नेभन्दा सरकारी अस्पतालमा सजिलै गर्न सकिने सेवा लिन यो शल्यक्रियाले सन्देश दिएको छ,’ ढुंगानाले भने, ‘दक्ष चिकित्सक र उपकरणसमेत बागलुङमा उपलब्ध छ ।’ अस्पतालमा सेवा छैन भन्ने अन्योल हटाउन यस्ता अपरेसन उपयोगी भएको उनले बताए । अपरेसन गरेका बिरामी स्वस्थ्य छन् ।

प्रकाशित : कार्तिक २४, २०७९ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×