कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

गोरखा-२ प्रदेशसभा (१) का राप्रपा नेपालका उम्मेदवार माओवादी प्रवेश

कान्तिपुर संवाददाता

गोरखा — प्रतिनिधि सभा गोरखा क्षेत्र नम्वर २ को (१) प्रदेश सभामा राप्रपा नेपालको तर्फबाट उम्मेदवारी दिएका सुबोध बस्नेतले वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने जनाएका छन् । 

गोरखा-२ प्रदेशसभा (१) का राप्रपा नेपालका उम्मेदवार माओवादी प्रवेश

गोरखा नगरपालिका–१२ दशकिलोमा भएको चुनावी गठबन्धन दलहरुको चुनावी भेटघाट कार्यक्रममा शुक्रबार बोल्दै बस्नेतले उम्मेदवारी निष्क्रिय पारेर आफू माओवादी केन्द्र प्रवेश गरेको बताए । ‘राष्ट्रिय व्यक्तित्व गृहजिल्ला आउँदा फुल सपोर्ट गर्ने वाचा गर्दछु,’ उनले भने,‘गोरखा जिल्लामात्र नभई देश समृद्धिको अभियानमा कमरेड प्रचण्डलाई जिम्मा दिनुपर्ने समयको माग भएकाले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र प्रवेश गरेको छु ।’

गोरखा क्षेत्र नम्बर २ को (१) मा गठबन्धनको तर्फबाट नेपाल समाजवादी पार्टी (नेसपा)का फणिन्द्र देवकोटा उम्मेदवार छन् ।

प्रकाशित : कार्तिक १८, २०७९ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?