कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

संविधान पक्षधर र विघटन गर्न चाहने गठबन्धन आमने-सामने : दाहाल

‘समान्ती निरंकुशतासहितको राजतन्त्र पुन:स्थापना चाहनेहरूको गठबन्धनलाई पराजित गरौँ’
हरिराम उप्रेती

गोरखा — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंसिर ४ को निर्वाचनमा संविधानको पक्षधर र संविधान विघटन गर्न चाहने पक्षबीच दुईवटा गठबन्धन आमने-सामने बन्ने बताएका छन् ।

संविधान पक्षधर र विघटन गर्न चाहने गठबन्धन आमने-सामने : दाहाल

सत्ता गठबन्धन दलहरूको चुनावी जन–भेटघाट कार्यक्रम अन्तर्गत गोरखा नगरपालिका–१२ दसकिलोमा भएको कोणसभालाई सम्वोधन गर्दै दाहालले समावेशी, समानुपातिक मान्यतालाई उल्टाउन चाहने गठबन्धनलाई पराजित गर्नुपर्ने बताए ।

यस पटक निर्वाचनमा नेपालमा समान्ती निरंकुशतासहितको राजतन्त्र पुनस्थापना चाहनेहरूको गठबन्धन बनेको दाहालले बताए । ‘हाम्रो गठबन्धनमा पाँच दल छौं, अर्को गठबन्धनमा ५, ६, ७ कहिले बढ्छन्, कहिले घट्छन्, त्यहाँ त्यस्तो गठबन्धन छ,’ दुई गठबन्धनबीच मंसिर ४ को निर्वाचनमा आमने-सामने हुँदैछ ।’

जनताले पाएको संवैधानिक अधिकार रक्षा गर्ने पक्षमा रहेको आफूहरूको गठबन्धन र संविधान मिच्ने र च्यात्ने पक्षको अर्को गठबन्धनको फैसला मंसिर ४ मा हुने उनले बताए ।

‘हाम्रो गठबन्धन लोकतान्त्रिक गणतन्त्रको घोषणा, महिला, दलित, आदिवासी, जनजाति, मुस्लीम थारु सबैलाई पहिचान र अधिकार सहितको संविधानको पक्षमा छ,’ उनले भने,‘अर्को गठबन्धन जो यो संविधानलाई कुनै न कुनै रुपमा विघटन गराउन चाहन्छ, समावेशी समानुपाति मान्यतालाई उल्टाउन चाहन्छ, गणतन्त्रप्रति नकरात्मक घारणा राख्न चाहन्छ, फेरि एक पटक नेपालमा समान्ती निरंकुशता सहितको राजतन्त्र पुन:स्थापना चाहनेहरूको गठबन्धन छ ।’

यसैबीच आफूहरूको गठबन्धन पवित्र रहेको पनि दाहालको दाबी छ । ‘अर्को गठबन्धन स्वभाविक छैन, हामी अग्रगमनको पक्षमा छौँ, अग्रगमनलाई जिताउने र पश्चगमनलाई पराजित गर्ने अवसर हाम्रो अगाडि छ,’ उनले भने ।

प्रकाशित : कार्तिक १८, २०७९ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×