कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

मतदानस्थलको निरीक्षण तीव्र

कान्तिपुर संवाददाता

पोखरा — आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कास्कीमा तोकिएका मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षा निकायले निरीक्षण गरेका छन् । 

मतदानस्थलको निरीक्षण तीव्र

प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी नेतृत्वको टोलीले मतदानस्थलको भौगोलिक अवस्था, सुरक्षा चुनौती, यातायात सुविधा, मतदातालाई मतदान गर्न आउदाको सहजतालगायतबारे स्थलगत अनुगमन र निरीक्षण गरिरहेको हो ।

राजनीतिक दल र उम्मेदवारले घरदैलो एवं भेटघाटका माध्यमबाट प्रचारलाई तीव्र पारिरहेका बेला सुरक्षा निकायले पनि मतदानस्थलको निरीक्षण बढाएका हुन् । ‘निर्वाचनको दिन नजिक भइरहेकाले सुरक्षालगायत चुनौती पनि बढ्न सक्छन्’ प्रजिअ केसीले भने, ‘त्यसैले सुरक्षा रणनीति बनाउन पनि मतदानस्थल र मतदान केन्द्रको निरीक्षण तथा अनुगमन थालेका हौं ।’

सहायक प्रमुख जिल्ला अधिकारी गुरु ढकालका अनुसार रुपा गाउँपालिकाका सबै र मादी गाउँपालिकाका ५० प्रतिशत मतदानस्थलको निरीक्षण भइसकेको छ । पोखरा महानगरका बजार क्षेत्रका स्थल र केन्द्रको पनि अनुगमन भइसकेको छ । सुरक्षा निकायले आइतबार पोखरा महानगरको ग्रामीण क्षेत्रमा पर्ने २१ र ३३ नं. वडाका ११ मतदानस्थलको निरीक्षण गरेका थिए । बाँकी मतदानस्थलमा पनि छिट्टै निरीक्षण गरिने ढकालले बताए ।

‘निर्वाचन निष्पक्ष, भयरहित र शान्तपूर्वक सम्पन्न गराउने उद्देश्य हो,’ उनले भने । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवं कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख कोष नियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन अधिकृत, प्रदेश निर्वाचन कार्यालयका प्रमुखलगायत निरीक्षणमा निस्किएका थिए ।

प्रकाशित : कार्तिक १५, २०७९ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?